सामान्य प्रशासनले रोक्यो कर्मचारी सरुवा

nepaltathya_news nepaltathya_news
|
सोमबार, आषाढ १०, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   १० असार, काठमाडौं ।
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ ।
  • मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो ।

 

१० असार, काठमाडौं ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवासम्बन्धी कार्य तत्काललाई स्थगन गरेको छ ।

मन्त्रालयले आइतबार एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो । कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएकाले सरुवासम्बन्धी कार्य स्थगन गर्ने सार ६ गते नेपाल सरकार सचिव बैठकले निर्णय गरेको मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ । पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३३ औं वार्षिक प्रतिवेदनमा पनि कर्मचारी सरुवामा देखिएको विकृति रोक्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा ह्वात्तै घट्यो वायु प्रदूषण, २ दिनअघि विश्वमै पहिलो नेपाल अहिले ४२ नम्बरमा
सुनको मूल्य एकै दिन ३२ सय रुपैयाँले बढ्यो, तोलाको कति ?
सर्वोच्चको आदेश- पाथीभरामा केबलकारको काम रोक्नू
कर्णालीको कानून मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभियो
नेपाललाई नेत्र उपचारको क्षेत्रीय केन्द्र बनाउने सरकारको लक्ष्यः मन्त्री पन्त
यस्तो छ तपाइको आजको राशिफल
ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय