कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिँदै

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २३, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २३ पुस, काठमाडौं ।
  • ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् ।
  • उनले अहिले केहिबेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

२३ पुस, काठमाडौं ।

ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णयमा पुगेका छन् । उनले अहिले केहिबेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषद वैठकमा राजनीतिक दलमा जोडिएका मन्त्रीहरुलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ रास्वपामा औपचारिकरूपले जोडिएपछि राजीनामा दिने सोचमा थिए ।

स्रोतले भन्यो, ‘उहाँ रास्वपाको उपसभापति बन्ने सहमति भएको हो, त्यसको कार्यान्वयन हुन बाँकी छ । त्यस अर्थमा म कुनै पार्टीको सदस्य छैन भन्नुभएको थियो । तर अनावश्यकरुपमा दवाव सिर्जना गरियो ।’ घिसिङ रास्वपाबाट आगामी आमनिर्वाचनमा भाग लिने योजनामा छन् । काठमाडौं ३ बाट उम्मेदवारी दिने उनको तयारी छ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुअघि राजीनामा दिने घिसिङले बताउँदै आएका थिए । रास्वपा स्रोतका अनुसार पछिल्ला दुई दिनमा घिसिङले राजनीतिक भेटघाट गरेका छैनन् । उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई पनि उनले भेट नदिएको बुझिएको छ । उनले अहिले ९ बजे पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी निर्वाचित
टनकपुर व्यारेजबाट पानी छोड्न भारतसँग निरन्तर समन्वय भइरहेको छ : मन्त्री घिसिङ
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
रुसद्वारा युक्रेनका थप बस्तीहरु नियन्त्रणमा लिएको दाबी
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते
रसुवाबाट २ किलो सुनसहित एक जना पक्राउ
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै