त्रिभुवन विश्वविद्यालयको आज ५१औँ दीक्षान्त समारोह गरिदै

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष १०, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १० पुस, काठमाडौं ।
  • त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ ।
  • बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो ।

 

१० पुस, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले अन्तर्राष्ट्रिय शैक्षिक जगतसँगको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसहित आज ५१औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । बिहीबार विश्वविद्यालयको इतिहासमै पहिलोपटक नोबेल पुरस्कार विजेता वैज्ञानिकलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी दीक्षान्त समारोह गर्न लागिएको हो । यसपटक समारोहका प्रमुख अतिथि सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी वैज्ञानिक तथा टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिता रहेका छन् ।

उपकुलपति प्रा. डा. दीपक अर्यालका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भएको छ । मण्डप निर्माणदेखि दीक्षित विद्यार्थी तथा अभिभावक बस्ने व्यवस्थासम्म सबै तयारी सम्पन्न भइसकेको उनले जानकारी दिए । समारोहमा १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुनेछन् भने विद्यार्थी र अभिभावकसहित करिब ४१ हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ। त्रिविका विभिन्न सङ्काय र तहबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तह गरी कुल ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यस अवसरमा विभिन्न सङ्काय तथा तहमा उत्कृष्ट नतिजा हासिल गर्ने २५ जना विद्यार्थीलाई पदक प्रदान गरिनेछ । विश्वविद्यालयका अनुसार मानविकी, व्यवस्थापन, कानून र शिक्षा सङ्कायबाट ठूलो सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्। नोबेल पुरस्कार विजेताको उपस्थितिले त्रिविको शैक्षिक प्रतिष्ठा र अन्तर्राष्ट्रिय पहिचानलाई थप उचाइ दिने विश्वास विश्वविद्यालयले व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकै महिनामा एक अर्ब ५० करोडको पेट्रोलियम पदार्थ आयात
आफ्नै विद्यार्थीमाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
एक महिनाका लागि माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
छत्तीसगढको मुठभेडमा १२ नक्सलवादी र दुई जवानको मृत्यु
गाजा पट्टीबाट दक्षिणी इजरायलमा दुई वटा रकेट प्रहार
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड
उदयपुर सिमेन्टको सबै खाता रोक्का, २२ कर्मचारीको तलब रोकियो
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण