महाकाली पुल र तटबन्धको काम वर्षायामअघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष ३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ३ पुस, कञ्चनपुर ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् ।
  • आगामी वर्षायाम अगाडि नै काम सम्पन्न गर्न नसकिए नदीमा आउने बाढीबाट पुल र नदीको बायाँ किनारतर्फको बस्ती नै जोखिममा पर्ने सम्भावना देखिएको उनको भनाइ छ ।

 

३ पुस, कञ्चनपुर ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस वरपरको बस्तीलाई बचाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् । आगामी वर्षायाम अगाडि नै काम सम्पन्न गर्न नसकिए नदीमा आउने बाढीबाट पुल र नदीको बायाँ किनारतर्फको बस्ती नै जोखिममा पर्ने सम्भावना देखिएको उनको भनाइ छ ।

महाकाली पुल र महाकाली नदीले कटान गरेको क्षेत्रको जानकारी लिन त्यस क्षेत्रमा पुगेका मन्त्री घिसिङले काम तत्काल अगाडि बढाउन सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई निर्देशनसमेत दिए । महाकालीपारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने र दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण गरी सञ्चालनमा छ । बाढीबाट पुललाई बचाउन मन्त्रिपरिषद्को ६ जेठ २०८२ को निर्णयबाट महाकाली पुल आसपास महाकाली नदी बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको काम सेनाबाट गराउने स्वीकृति भएको थियो । त्यसपछि अस्थायी संरचना सेनाबाट निर्माण गरिएका थिए ।

तत्कालीन वर्षाको जोखिमलाई ध्यान दिएर सेनाद्वारा आपत्कालीन रुपमा निर्माण गरिएका संरचना अस्थायी प्रकृतिका भएका कारण थप सबलीकरण गर्नुपर्ने छ । पुलबाट माथिल्लो तटीय बायाँ किनारमा नेपाली सेनाले करिब तीन सय मिटर निर्माण गरेको अस्थायी प्रकृतिको संरचनाको सबलीकरण आवश्यक रहेको हो । सबलीकरणको काम तत्काल अगाडि बढाउन निर्देशन दिंदै मन्त्री घिसिङले त्यसका लागि आवश्यक सहजीकरण गर्ने बताए । योजनाले सबलीकरण कार्यको डिजाइन तयार गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमतीमा आइतबारदेखि प्रदेश युवा सम्मेलन
दक्षिण अफ्रिकाको खराब प्रदर्शन, वर्षाले रोकियो खेल
देशभरका लघुवित्त पीडित काठमाडौंमा, माग पूरा नभए घर नफर्किने
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
नुवाकोटमा माइक्रोबस दुर्घटना हुँदा ९ यात्रु घाइते
जापानमा ४ हजार जनाको शव एक महिना पछी फेला परे :
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारको तयारी, मुख्यमन्त्रीलाई शेखर-गगन समूहको चेतावनी
गण्डकी प्रदेश : दुई विधेयक प्रमाणीकरण
निर्वाचन सुरक्षाका लागि एक लाख २० हजार म्यादी प्रहरी भर्ती गर्ने निर्णय
शाहबको ह्याट्रिकसहित ६ विकेट, पोखरालाई हराउँदै काठमान्डु गोर्खाज प्लेअफमा