मोदीको मन्त्रिमण्डलमा अधिकांश पुरानै अनुहार दोहोरिए [सूचीसहित]

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २८, २०८१
|
|
३० पटक हेरिएको
Shares

सारांश

  •   २८ जेठ, काठमाडौँ।
  • भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।
  • राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित समारोहमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् ।

 

२८ जेठ, काठमाडौँ। भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आइतबार साँझ आयोजित समारोहमा मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् ।  प्रधानमन्त्री मोदीको शपथपछि यसअघि रक्षामन्त्री रहेका  राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह,  नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  मन्त्रीहरूमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् । ७२ सदस्यीय मन्त्रिपरिषद्मा आधाभन्दा बढी मन्त्री यसअघि केन्द्रमा मन्त्री र तीन वा सोभन्दा बढी पटक सांसद भइसकेका छन् । त्यस्तै मन्त्रिपरिषद्मा सबै क्षेत्र, वर्ग र समुदायलाई स्थान दिने प्रयास भएको छ । मोदीले आफ्नो तेस्रो कार्यकालमा विकासलाई नयाँ गति दिने अनुभवी नेता र मन्त्रीहरूले विश्वास व्यक्त गरेका छन् ।

नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलोपटक  र २०१९ मा दोस्रोपटक भारतको प्रधानमन्त्री निर्वाचित भएका थिए । त्यसअघि उनी लगातार तीन कार्यकाल गुजरातको मुख्यमन्त्री भइसकेका छन् ।

यी हुन् मोदी क्याबिनेटका मन्त्रीहरू

  • राजनाथ सिंह
  • अमित शाह
  • नितिन गडकरी
  • जेपी नड्डा
  • शिवराज सिंह चौहान
  • निर्मला सीतारमण
  • एस जयशंकर
  • मनोहर लाल खट्टर
  • एचडी कुमारस्वामी
  • पियुष गोयल
  • धर्मेन्द्र प्रधान
  • जितनराम मांझी
  • राजीव रञ्जन सिंह उर्फ ​​ललन सिंह
  • सर्वानन्द सोनोवाल
  • डा वीरेन्द्र कुमार
  • किंजरापु राम मोहन नायडू
  • प्रह्लाद जोशी
  • जुएल ओरम
  • गिरिराज सिंह
  • अश्विनी वैष्णव
  • ज्योतिरादित्य सिन्धिया
  • भूपेन्द्र यादव
  • गजेन्द्र सिंह शेखावत
  • अन्नपूर्ण देवी
  • किरण रिजिजु
  • हरदीप सिंह पुरी
  • मनसुख मण्डाविया
  • जी किशन रेड्डी
  • चिराग पासवान
  • सीआर पाटिल

स्वतन्त्र कार्यभार भएका राज्यमन्त्री

  • राव इन्दरजीत सिंह
  • जितेन्द्र सिंह
  • अर्जुन राम मेघवाल
  • प्रतापराव गणपतराव जाधव
  • जयन्त चौधरी

राज्य मन्त्रीहरू

  • जितिन प्रसाद
  • श्रीपाद नाइक
  • पंकज चौधरी
  • कृष्णपाल गुर्जर
  • रामदास आठवले
  • रामनाथ ठाकुर
  • नित्यानन्द राई
  • अनुप्रिया पटेल
  • वि सोमन्ना
  • डा चन्द्रशेखर पेम्मासानी
  • एसपी सिंह बघेल
  • शोभा करन्दलाजे
  • कीर्तिवर्धन सिंह
  • बीएल वर्मा
  • शान्तनु ठाकुर
  • सुरेश गोपी
  • एल मुरुगन
  • अजय टमटा
  • बन्डी सञ्जय कुमार
  • कमलेश पासवान
  • भगीरथ चौधरी
  • सतीश चन्द्र दुबे
  • सञ्जय सेठ
  • रवनीत सिंह बिट्टु
  • दुर्गा दास उइके
  • रक्षा खडसे
  • सुकान्त मजुमदार
  • सावित्री ठाकुर
  • टोखान साहु
  • राजभूषण चौधरी
  • भूपतिराजु श्रीनिवास वर्मा
  • हर्ष मल्होत्रा
  • निम्बुवेन जयन्तीभाई बम्भानिया
  • मुरलीधर मोहल
  • जर्ज कुरियन
  • पवित्रा मार्गेरिटा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रिय सभा अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड जाँदै
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
लुम्बिनीले टस जित्यो, चितवनलाई ब्याटिङको निम्तो
नवनिर्वाचित २७४ सांसदको शपथग्रहण आज
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
परम्परागत पनौती जात्राको आज मुख्य दिन
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा–आराधना गरिँदै
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
बूढानीलकण्ठमा प्रहरीको छापा : २४ भारतीय पक्राउ, डेढ अर्बको अनलाइन जुवा कारोबार
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ