मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर १७, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • १७ मंसिर, जनकपुर ।
  • मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् ।
  • उनले केही बेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.

१७ मंसिर, जनकपुर ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । उनले केही बेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापकहितलाई ध्यानमा राखदै मुख्यमन्त्रीपदबाट राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । मुख्यमन्त्री यादवले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनेकोमा आफ्नौ मनत्व्य राख्दै विश्वासको मत नलिई बैठकबाटै राजीनामा दिएको घोषणा गरेका थिए । उनले मनत्व्य राखिरह्दा ७ राजनितिकदलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?