माइतीघरबाट सुरु भयो युवा संघको मार्चपास, आजै ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा हुने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर ५, २०८२
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • ५ मंसिर, काठमाडौं ।
  • नेकपा (एमाले)निकट युवा संघले मार्चपास सुरु गरेको छ ।
  • माइतीघरबाट सुरु भएको मार्चपास बबरमहलबाट आगडि बढेको छ ।

५ मंसिर, काठमाडौं ।

नेकपा (एमाले)निकट युवा संघले मार्चपास सुरु गरेको छ । माइतीघरबाट सुरु भएको मार्चपास बबरमहलबाट आगडि बढेको छ । मार्चपासमा एमाले नेताहरू महेश बस्नेत, भानुभक्त ढकाललगायत सहभागी छन् । साथै, विभिन्न जनवर्गीय संगठनका नेता–कार्यकर्ताहरूको उल्लेखीय उपस्थिति रहेको छ । मार्चपासमा सहभागी एमाले कार्यकर्ताहरूले रातो क्याप लगाएका छन् । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिन माग गर्दै नाराबाजी गरिरहेका छन् । उक्त मार्चपासलाई मध्यनजर गर्दै बाक्लो मात्रमा सुरक्षाकर्मीको उपस्थिति देखिन्छ ।

आजै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलेन्टियर फोर्स’को घोषणा गर्नेछन् । ओलीको विशेष सम्बोधनमा कार्की बैङ्क्वेटमा एमालेको रक्षापङ्क्ति मानिएको नेसनल भोलेन्टियर फोर्स घोषणा हुन लागेको हो । जेन–जी आन्दोलनपछि रक्षात्मक बनेको एमालेले उक्त फोर्सलाई विशेष प्राथमिकता दिएको छ । अध्यक्ष ‌ओलीले यो शक्तिलाई आफ्नो रक्षा कवजको रुपमा लिएको भएपनि फोर्स बनाउन नहुने एमालेमा अर्काे समूह पनि रहेको छ ।बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा केही पदाधिकारीहरूले फोर्स घोषणा गर्ने कार्यक्रम तत्काल रोक्न भनेका थिए । तर, ओलीकै उपस्थितिमा आज फोर्स घोषणा हुन लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?