संसद विघटन असंवैधानिक छ, तत्काल पुनःस्थापना हुनुपर्छ : सभामुख

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २८ कात्तिक, झापा ।
  • सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।
  • झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनःस्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे ।

२८ कात्तिक, झापा ।

सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैरसंवैधानिक, गैरकानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् । झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनःस्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे ।

‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,’ उनले भने । अहिलेको पहिलो आवश्यकता संसद् पुनःस्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो । सभामुख घिमिरेले संसद् पुनःस्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
करेन्टलागेर गौरमा एक बालकको मृत्यु दिपेशपौडेल : रौतहट
लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले लिए शपथ
२४ वटा श*वको पोस्टमार्टम सकियो, सात श*व पूर्ण जलेको अवस्थामा
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्यान्डको भिडन्त
नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले हरायो
प्रतिनिधिसभा बैठक : राप्रपा र रास्वपाद्वारा बहिस्कार, बजेटबारे सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू
जाँचबुझ आयोगको टोली पुग्यो नख्खु कारागार