बिहारको सबैभन्दा कान्छी विधायक बन्दै गायिका मैथिली ठाकुर

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, कार्तिक २८, २०८२
|
|
१० पटक हेरिएको
Shares

सारांश

  • २८ कात्तिक, काठमाडौं ।
  • बिहारको विधान सभा चुनावमा यसपालि पनि नरेन्द्र मोदी–नितिश कुमारकै लहर चलेको पुष्टि भइसकेको छ।
  • हालसम्मको गणनामा २४३ सिटमध्ये करिब २ सय सिटमा यो गठबन्धन अगाडि देखिएको छ।

२८ कात्तिक, काठमाडौं ।

बिहारको विधान सभा चुनावमा यसपालि पनि नरेन्द्र मोदी–नितिश कुमारकै लहर चलेको पुष्टि भइसकेको छ। हालसम्मको गणनामा २४३ सिटमध्ये करिब २ सय सिटमा यो गठबन्धन अगाडि देखिएको छ। यसक्रममा गायिका मैथिली ठाकुर बिहारको सबैभन्दा कान्छी विधायक बन्ने देखिएको छ। २५ वर्षीया ठाकुरले अलीनगर सिटमा आरजेडीका विनोद मिश्रालाई पछि पारेकी छन्। हालसम्मको गणनामा ठाकुरले ४९ हजार मत कटाइसकेकी छन्। मिश्राले उनीभन्दा ७ हजार कम ४२ हजार मत ल्याएका छन्।

बिहानैदेखि ठाकुरले आफ्नो अग्रता कायम राखेकी छन्। उनले जितमा दाबी समेत गरिसकेकी छन्। अब अलिनगर ‘सीतानगर’ बन्ने उनको भनाइ छ। ठाकुर विभिन्न टीभी सोहरुमा सहभागी भएपछि चर्चामा आएकी थिइन्। कान्छी विधायकका अलावा ठाकुरले यो सिटमा पहिलो पटक भाजपालाई जिताउने भएकी छन्।  यसअघि बिहारको सबैभन्दा कान्छा विधायक २००५ मा निर्वाचित स्वतन्त्र उम्मेदवार तौसिफ आलम थिए।   त्यस्तै लालु यादवका छोरा तेजस्वीले २०१५ मा २६ वर्षको उमेरमै चुनाव जितेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बीपी राजमार्गमा अलपत्र ८१ जनाको हेलिकप्टरबाट उद्धार, पर्खाइमा १ हजार बढी
एसिसी यु–१९ प्रिमियर कपको लागि नेपाली क्रिकेट टोलीलाई बिदाई
नेपाल आदिबासी जनजाति महासंघको नयाँ नेतृत्व चयन हुँदै
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
राजावादी आन्दोलनको चौथो दिन, आज माइतीघर क्षेत्रमा प्रदर्शन गर्दै
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
आज ६ वटा संसदीय समितिको बैठक बस्दै
नवलपरासीको दाउन्नेमा फेरि सडक भासियो, पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध
सहज ढंगले चुनाव हुने वातावरण बनाउन सरकारसँग राष्ट्रिय सभाका अध्यक्षको आग्रह