अदालतले मेरो नियुक्ति असंवैधानिक भने म तत्काल राजिनामा दिन्छु : मुख्यमन्त्री यादव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • २५ कात्तिक, जनकपुरधाम ।
  • मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन्।
  • जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन्।

२५ कात्तिक, जनकपुरधाम ।

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नियुक्तिविरुद्ध सर्वोच्च अदालतले फैसला गरेमा तत्काल पद छाड्ने बताएका छन्।जनकपुरधाममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतले आफ्नो नियुक्ति असंवैधानिक वा गलत ठहराएमा एकछिन पनि पदमा नबस्ने बताएका हुन्।

उनले भने, ‘एमाले संविधान र कानूनको पालन गर्ने पार्टी हो। म सोही पार्टीको संस्कार बोकेको व्यक्ति हुँ, त्यसैले अदालतको आदेश आए लगत्तै सत्ता हस्तान्तरण गर्न तयार छु।’ मुख्यमन्त्री यादवले मधेस प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास पनि व्यक्त गरे। उनका अनुसार, विगतमा एमालेले जसपा नेपाल र जनमत पार्टीलाई सरकार गठनमा सहयोग गरेको हुँदा अहिले ती दलहरूले पनि बाध्यात्मक परिस्थितिमा सरकार सञ्चालनको जिम्मेवारी लिएको एमालेलाई सहयोग गर्नेछन् भन्ने अपेक्षा रहेको छ ।

‘संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठूलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको हुँ,’ यादवले भने, ‘दलहरूले मलाई सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु।’ यादवले अहिले आफूसँग एमालेका प्रदेशसभा सदस्यहरूको मात्र समर्थन रहेको स्पष्ट गर्दै अन्य दलहरूसँग छलफल प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनले दलहरूसँगको संवादपछि सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बल्खुमा झडप, केही प्रदर्शनकारी घाइते
अस्ट्रियाको विद्यालयमा भएको गोलीकाण्डमा मृ*त्यु हुनेको संख्या ११ पुग्यो
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा, ५ लाख ४ हजार परीक्षार्थी
आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै
गगन थापाको दाबी- सदन खुलाउन प्रमुख दलबीच सहमति भइसक्यो, आजदेखि चल्छ
अछाम केन्द्रबिन्दु भएर भूकम्प
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच शिष्टाचार भेट
एयर इन्डिया विमान दुर्घटनामा नेपालकी एयर होस्टेस मनिषा थापाको मृ*त्यु