मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतको माग

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक २४, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २४ कात्तिक, जनकपुरधाम।
  •   जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्।
  • सामाजिक सञ्जाल फेसबुकमा राउतले मधेस प्रदेश सभाको दुई तिहाई सांसदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न माग गरेका हुन्।

२४ कात्तिक, जनकपुरधाम। 

जनमत पार्टीका अध्यक्ष सिके राउतले मधेस प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा राउतले मधेस प्रदेश सभाको दुई तिहाई सांसदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न माग गरेका हुन्। ‘अहिलेको संघीय सरकार नै कुन संविधान अनुसार बनेको छ र? आन्दोलनको माग बमोजिम बनेको छ,’ राउतले लेखेका छन्, ‘त्यसैले हामीले पनि मधेसी जनताको चाहना बमोजिम मधेस प्रदेश सभाको दुई तिहाईको सभासदको समर्थनमा मधेसलाई स्वायत्त घोषणा गर्न पक्कै मिल्छ।’ उनले मधेस प्रदेश सभाको बैठकबाट मधेसलाई स्वायत्त घोषणासँगै आफ्नै प्रदेश प्रहरी र प्रशासन सहितको सरकार गठन गर्न प्रस्ताव गरेका छन्। ‘डराएर सदियौं नेपाली शासकको गुलामी गर्‍यौं,’ राउतले भने, ‘अब खुलेर बोलौं।’

राउतको आक्रोश नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा ७६ को उपभारा ३ बमोजिम मुख्यमन्त्री नियुक्ति गरेपछि आएको हो। प्रदेश प्रमुख भण्डारीले यादवलाई महोत्तरीको बर्दिबास स्थित ‘पानस कटेज एण्ड नेपाली चुलो’ नामको होटलमा सपथ खुवाएकी थिइन्। राउतले फेसबुकमा लेखेका छन् । ‘प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र उनीहरूको अदालतले जे पनि गर्न मिल्छ, मधेसका पार्टीलाई छिन्नभिन्न पार्ने, पानस कटेजमा गएर सपथ ग्रहण गराउने, मधेस पक्षधर नेता, कार्यकर्ता र समर्थकमाथि प्रतिशोधसाध्दै दमन गर्ने काम गर्छ भने हामीले मधेस प्रदेश सभाको बैठक सडकमा नै डाकेर भए पनि मधेस प्रदेशलाई स्वायत्त घोषणा गरौं।’

उनले मधेसमा आफ्नै शासन हुनुपर्ने माग पनि राखेका छन्। ‘सिंहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयुक्त, अख्तियार, प्रहरी, सचिवसहितका कर्मचारी लगाएर ५४% जनसंख्या भएको मधेसलाई एक हुन नदिने, छिन्नभिन्न गरिराख्ने, दमन गरिराख्ने र सधैं गुलाम बनाइराख्ने षड्यन्त्र विरुद्ध पूर्ण स्वायत्तताको आन्दोलनको उद्घोष जरूरी छ,’ राउतले लेखेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
जेनजी प्रदर्शनमा संलग्नलाई यातना दिएको उजुरीपछि आयोगद्वारा प्रहरी हिरासत अनुगमन
हिन्दु धर्मगुरु आचार्य श्रीनिवास रिहा
बालेन, हर्क र महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
चितवनलाई पर्यटकीय राजधानी घोषणा गर्न माग
अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट पछि हट्यो सरकार
अवैध अस्पताल सञ्चालन गर्दै आएका सञ्चालक पक्राउ
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
बागलुङमा ५९ इजाजत प्राप्त हातहतियार बुझाइयो, अटेरीको लाइसेन्स खारेज हुने