आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २६, २०८२
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • २६ असोज, काठमाडौं ।
  • आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ।
  • टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो ।

२६ असोज, काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो । आसिफले ४७ बलमा ५१ रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
बालेन र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल
गोंगबुको होटलमा पत्नीको हत्या गरेर भागेका युवक पर्साबाट पक्राउ
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी, केही पक्राउ
प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
।सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो
कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
बालुवाटारको पवित्र वर्कसपमा २ वटा श*व फेला