सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   सिरहा।
  • सशस्त्र प्रहरी बलले सिरहाबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ।
  • सशस्त्र प्रहरी इनर्वा सिरहा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक नन्द राज राईको कमाण्डमा खटिएको टोलीले शुक्रबार बिहान करिब ३:३० बजे उक्त गाँजा बरामद गरेको हो।

 

सिरहा।

सशस्त्र प्रहरी बलले सिरहाबाट ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी इनर्वा सिरहा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक नन्द राज राईको कमाण्डमा खटिएको टोलीले शुक्रबार बिहान करिब ३:३० बजे उक्त गाँजा बरामद गरेको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीको गस्ती टोली जिल्ला सिरहाको भगवानपुर गाउँपालिका-२ स्थित बलान खोला कासघारी पुगेको थियो। सो स्थानमा लुकाई छिपाई राखिएको अवस्थामा ९ बोरा लागुऔषध गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद भएको गाँजाको कुल तौल २१९.४ किलोग्राम रहेको छ।

बरामद गाँजालाई सशस्त्र प्रहरीले आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अगाडि बढाएको जनाएको छ। यति ठूलो परिमाणमा गाँजा कसले लुकाएको थियो र यसको तस्करीमा संलग्न गिरोहको पहिचानका लागि अनुसन्धान अगाडि बढ्ने प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनी सरकारले शुरू गर्‍यो सशस्त्र द्वन्दका घाइते र अपाङ्गता भएकाहरूको उपचार
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
यो वर्ष एसईईमा ५ लाख २२ हजार परीक्षार्थी, प्रश्नपत्र जिल्ला-जिल्लामा पठाइँदै
अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुग्यो
मलंगवामा गणेश चतुर्थीको मुर्ति विसर्जनमा ढुंगा फाल्ने युवक पक्राउ 
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मोबाइल चोरेको आरोपमा दुई जना पक्राउ
युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ गर्दै नेपाल
सवारी दुर्घटनामा ६ जनाको मृत्यु