प्रधानमन्त्री कार्कीले बडादसैंको टीका नलगाउने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन १६, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १६ असोज, काठमाडौं ।
  • प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् ।
  • प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

१६ असोज, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैंका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छन् । प्रधानमन्त्री कार्कीको सचिवालयले पीडाको यस अवस्थामा टीका नलगाउने र सर्वसाधारणलाई पनि टीका नलगाउने स्पष्ट गरेको छ ।

बडादसैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?