नेपालबाट भारतमा निर्यात हुने वस्तुको बीआईएस प्रक्रिया सहज बनाउन उद्योगमन्त्री सिन्हाको आग्रह

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन ११, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ११ असोज, काठमाडौं ।
  • उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले नेपालबाट भारतमा निर्यात हुने वस्तुमा लगाइएको बीआईएस प्रमाणिकरण प्रक्रियालाई थप सहज र सरल बनाउन भारतीय राजदुत नविन श्रीवास्तवसँग आग्रह गरेका छन् ।
  • भारतीय राजदूत श्रीवास्तवसँग भेंटवार्ता गर्दै उद्योगमन्त्री सिन्हाले यस्तो आग्रह गरेका हुन् ।

११ असोज, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले नेपालबाट भारतमा निर्यात हुने वस्तुमा लगाइएको बीआईएस प्रमाणिकरण प्रक्रियालाई थप सहज र सरल बनाउन भारतीय राजदुत नविन श्रीवास्तवसँग आग्रह गरेका छन् । भारतीय राजदूत श्रीवास्तवसँग भेंटवार्ता गर्दै उद्योगमन्त्री सिन्हाले यस्तो आग्रह गरेका हुन् ।

मन्त्री सिन्हाले स्टीलजन्य वस्तुको निर्यातमा पूर्ववत् सहजीकरण गर्न तथा सेफगार्ड ड्युटी नलगाउन र जुटजन्य वस्तुको निर्यातमा एण्टी डम्पिङ ड्युटी नलगाउने बिषयमा पनि सहजीकरण गरिदिन राजदूत श्रीवास्तवसँग आग्रह गरेका छन् । यसका साथै बिद्यमान नेपाल भारत पारवहन सन्धी २०२३ को संशोधनका लागि नेपालको तर्फबाट भारत सरकारलाई पठाइएका लेटर एफ एक्सचेन्जहरुलाई निष्कर्षमा पुरयाउन र नेपाल भारत व्यापार सन्धी २००९ को पुनरावलोकन प्रक्रिया अघि बढाउने बिषष्यमा पनि सहजकिरणका लागि अवश्यक पहल गरिदिन मन्त्री सिन्हाले आग्रह गरेका छन् । मन्त्री सिन्हाले वर्तमान बिषम परिस्थितिमा समेत आपूर्ति श्रृखला सुचारु राख्न भारतले खेलेको भूमिकाप्रति राजदूत श्रीवास्तवलाई आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्यमा नयाँ रेकर्ड
विवादमा तानिएपछि सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा
भक्तपुरको जगातीमा ५० हजार दर्शक क्षमताको रंगशाला बनाउने गरी सोचिरहेका छौँः प्रधानमन्त्री ओली
माध्यमिक शिक्षा परीक्षामा अनियमितता गर्नेलाई कार्यवाही हुन्छ : मुख्यमन्त्री सिंह
आगामी चुनाव नयाँ शक्तिहरुको उदयको प्रस्थान विन्दु हो : मन्त्री घिसिङ
जनप्रतिनिधिको ६ दिन र कर्मचारीको ३ दिनको तलब पुनःनिर्माण कोषमा
कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर