आज खग्रास चन्द्रग्रहण, चन्द्रमा रातो देखिने

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र २२, २०८२
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • २२ भदौ, काठमाडौं ।
  • आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ ।
  • यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो ।

२२ भदौ, काठमाडौं ।

आज भदौ २२ गते भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । यो यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण हो । खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा रातो रंगको देखिने छ । यो लालिमायुक्त चन्द्रमालाई आम भाषामा ‘ब्लड मुन’ भनिन्छ । पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिन्छ र रातो प्रकाशमात्र चन्द्रमामा पुग्ने भएकाले चन्द्रमा रातो देखिने भएको हो । यस्तो दृष्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका ८५ प्रतिशत जनसंख्याले अवलोकन गर्न सक्नेछन् ।

कति बेला देखिन्छ ?

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार २२ गते राति १० बजेर ११ मिनेटमा ग्रहण सुरु भएर राति १ बजेर ४१ मिनेटमा अन्त्य हुने छ । मौसम सफा रहेमा काठमाडौंबाट साढे तीन घण्टा चन्द्रग्रहण देखिने समितिले जनाएको छ । यसै वर्ष आगामी फागुन शुक्ल पूर्णिमामा पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने समितिले जनाएको छ । चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसी तिथिमा लाग्ने गर्दछ । ग्रहण किन लाग्छ ? खगोल विज्ञानका अनुसार जब सूर्यलाई पृथ्वीले र पृथ्वीले चन्द्रमालाई घुम्छन् । आ–आफ्नो कक्षमा घुम्ने क्रममा सूर्य, पृथ्वी र चन्द्रमा एउटा समान रेखामा आउँछन् । यसो हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ ।

सामान्यतया सूर्यको प्रकाश चन्द्रमामा परेर हामीले चन्द्रमालाई देख्ने गर्छौं । तर जब पृथ्वी बीचमा पर्छ, पृथ्वीको छायाँले चन्द्रमालाई ढाक्छ । यो अवस्थामा चन्द्रमा पूर्ण वा आंशिक रूपमा अँध्यारो देखिन्छ । पृथ्वीको छायाले चन्द्रमालाई पूर्णरुपमा ढाकेमा खग्रास चन्द्रग्रहण र आंशिकरुपमा ढाकेमा खण्डग्रास चन्द्रग्रहण भनिन्छ । यसैगरी सूर्यलाई पृथ्वीले र पृथ्वीलाई चन्द्रमाले फन्को लगाउने क्रममा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेकिदिन्छ । सूर्यको प्रकाश छेकिँदा पृथ्वीमा अँध्यारो हुन्छ । यो अवस्थालाई सूर्यग्रहण भनिन्छ । चन्द्रग्रहण वा सूर्यग्रहण हुनु सामान्य खगोलीय घटना हो । तर धार्मिक मान्यतामा विश्वास गर्नेहरुले ग्रहण लागेको समयलाई शुभ मान्दैनन् । त्यसैले भन्ने गरिन्छ ग्रहणको बेला पूजापाठ गर्नु हुँदैन, खाना खानु हुँदैन । हाँस्यव्यंग्य गर्न र सहबास गर्नसमेत नहुने बताइन्छ । तर वैज्ञानिकहरु यस मान्यतालाई स्वीकार गर्दैनन् । बरु उनीहरु यस्ता खगोलीय घटनालाई वैज्ञानिक तरिकाले हेरेर वा प्रयोगात्मक रुपमा अध्ययन गरी फाइदा लिन सुझाव दिन्छन् । ग्रहणलाई नाङ्गो आँखाले भने नहेर्न वैज्ञानिकहरु सुझाव दिन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कश्मीर आक्रमणपछि भारतको एक्सनः पाकिस्तानीले ४८ घण्टाभित्र देश छाड्नुपर्ने, कूटनीतिक सम्बन्ध स्थगित
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
एमाले सचिवालय बैठक बस्दै
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
कीर्तिपुरका मेयर राजकुमार‌ नकर्मीको निधन 
५० विद्यार्थी बोकेको स्कूल बस फर्पिङमा दुर्घटना
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
नगर प्रमुख जैसवारको  एकलौटी निर्णयले पचरौता नगरपालिकाको कामकाज ठप्प
सर्वोच्चले माग्‍यो माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण