गुल्मीमा चट्याङ लागेर एक बालिकाको मृत्यु, बाबु–आमा घाइते

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ९, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • ९ असोज, गुल्मी ।
  • गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् ।
  • मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार वर्षीया छोरी रियासा बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ लागेको थियो ।

९ असोज, गुल्मी ।

गुल्मीको मदाने गाउँपालिका–५ झ्यानपानीमा चट्याङ लाग्दा एक बालिकाको मृत्यु भएको छ भने उनका बाबु–आमा घाइते भएका छन् । मदाने–५ का २३ वर्षीय नेर सिंह विक, उनकी श्रीमती २२ वर्षीया सुन्तली र उनीहरुको चार वर्षीया छोरी रियासा बुधबार राति घरमा सुतिरहेको बेला चट्याङ लागेको थियो । चट्याङ लागेर रियासाको घटनास्थलमै मृत्यु भएको र उनका बाबु–आमा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाहादुर सारुले बताए । घाइतेहरुलाई स्थानीय मेडिकल मलागिरीमा प्रारम्भिक उपचार गरिएको र थप उपचारका लागि जिल्ला अस्पताल प्यूठानमा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त वलीको कमाण्डमा टोली खटिएको थियो । त्यस्तै जिल्लाका विभिन्न स्थानमा बुधबार दिउँसो परेको चट्याङका कारण चार जना स्थानीय घाइते भएका छन् भने तीन वटा गोरुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार धुर्कोट गाउँपालिका–७, वाग्ला धरमपानीका ५८ वर्षीय कृष्ण प्रसाद पन्थी चट्याङ लागेर घाइते भएका छन् । आफ्नै घरको आँगनमा मकै केलाउने क्रममा चट्याङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ । बोल्न सक्ने अवस्थामा रहेका पन्थीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै ईस्मा गाउँपालिका वडानम्बर–४, दोहोलीकी ४६ वर्षीया निर्मला खत्री र वडानम्बर–५, बेसारीकी २५ वर्षीया कालिका खत्री पनि चट्याङ लागेर घाइते छन् । दुवैको गुल्मी तम्घास अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै मालिका गाउँपालिका वडानम्बर–४ खामदेशस्थित सामुदायिक जंगलमा चट्याङ लागेर ५० वर्षीय दुर्गा प्रसाद अर्यालका दुईवटा र चिरञ्जीवि अर्यालका एउटा गोरु मरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री राई चढेको गाडीले मोटरसाइकललाई ठक्कर
वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाए
वीरगञ्ज नाका हुँदै दुई खर्ब १८ अर्बको आयात, २६ अर्ब ५९ करोडको निर्यात
सरार्फ हत्या प्रकरणबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गर्दै
असान्दर्भिक १५ ऐन खारेज गर्न सिफारिस
मातृभाषामा शपथ लिनेले ३ दिन अगावै संसद् सचिवालयलाई जानकारी दिनुपर्ने
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ