जेनजी आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको क्षति

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन ५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ५ असोज, काठमाडौं ।
  • २३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ ।
  • यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो ।

५ असोज, काठमाडौं ।

२३ र २४ भदौमा देशभरि भएको जेनजी आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ । यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो । शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेको सतुङ्गलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षण क्रममा समूहले सरकार समक्ष यस्तो जानकारी गराउँदै क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको छ । २४ भदौको आन्दोलनले विशेषगरी विभिन्न व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरेको र त्यसको प्रत्यक्ष मारमा आफ्नो समूह परेको सीजीले स्पष्ट पारेको छ ।

सीजीका अनुसार सतुङ्गलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यवसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् । यसैगरी सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ । राजधानी लगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् । थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको छ । सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रविभवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ । काठमाडौं उपत्यकाका ललितपुर, विशालनगर लगायत क्षेत्रमा रहेका इलेक्ट्रोनिक्स सामानका शोरुममा पनि ठूलो क्षति पुर्‍याइएको छ । चितवन भरतपुरमा रहेको सीजी ल्यान्डमार्क व्यावसायिक भवन तथा पसलहरूमा लुटपाट तथा तोडफोड गरिएको छ भने जोरपाटीमा रहेको सीजी एजुकेसनको चाँदबाग स्कुलमा पनि लुटपाट, चोरी, तोडफोड र आगजनी भएको छ । विद्यार्थी ओसारपसार गर्न प्रयोग गरिने ६ वटा गाडीमा समेत आन्दोलनकारीले आगो लगाएको सीजीले जनाएको छ ।

यति ठूलो क्षति भोग्नु परे पनि सीजीले आफ्ना कुनै पनि कर्मचारीलाई नहटाउने प्रतिबद्धता जनाएको छ । समूहको इलेक्ट्रोनिक्स डिभिजन सतुङ्गलमा मात्रै १ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना भएको र हजारौंको संख्यामा अप्रत्यक्ष रोजगारी निर्भर रहेको समूहले उल्लेख गरेको छ । समूहले देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको पनि जनाएको छ । क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि सीजीले सरकार समक्ष विभिन्न सुझाव राखेको छ । जसमा व्यवसायको दीर्घकालीन सुरक्षा प्रत्याभूति, बीमा दाबीको द्रुत भुक्तानी, क्षतिग्रस्त व्यवसायका लागि ऋण पुनर्संरचना र ब्याज मिनाहा, निर्माण सामग्री तथा प्लान्ट मेसिनरीको पैठारीमा शतप्रतिशत छुट, क्षतिग्रस्त सवारीसाधनमा सहुलियत, लेखा परीक्षणमा लचकता र सेज (विशेष आर्थिक क्षेत्र) बाहिरका उद्योगलाई समेत सेजसरह सुविधा प्रदान गर्नुपर्ने लगायत सुझाव समावेश छन् । यस घटनाले नेपाली व्यवसायिक क्षेत्रमा गम्भीर चुनौती थपेको र समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्न सक्ने भन्दै चौधरी समूहले सरकारलाई यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन र आवश्यक सहयोगका लागि पहल गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३४ तोला सुन, साढे १० किलो चाँदीसहित ४ जना पक्राउ
हुलाकी राजमार्गको ८४ करोडको ठेक्का सम्झौता तोडियो
प्रधानमन्त्री ओलीको राजीनामा माग्न बिहानैदेखि नयाँ बानेश्वरमा भेला भए युवा, सुरक्षा व्यवस्था कडा पारियो
शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
सामाजिक सञ्जालमा एमालेको ‘म झोले’ अभियान
निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी र अधिकार के के हुन् ?
राष्ट्रपतिद्वारा इद उल फित्र पर्वको शुभकामना
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा