कांग्रेस बैठकको निर्णय: संसद् विघटन असंवैधानिक, दलहरूसँग छलफल गर्ने

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३ असोज, काठमाडौं ।
  • नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि संसद् विघटन गरेर नयाँ सरकार गठन भएको प्रक्रियामा असहमति जनाएको छ।
  •   शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो।

३ असोज, काठमाडौं ।

नेपाली कांग्रेसले जेनजी आन्दोलनपछि संसद् विघटन गरेर नयाँ सरकार गठन भएको प्रक्रियामा असहमति जनाएको छ।  शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटन असंवैधानिक भएको निष्कर्ष निकालेको हो।  जेनजीको आन्दोलनपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकको अध्यक्षता पार्टी उपसभापति पूर्णबहादुर खड्काले गरेका छन्।

सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परेर उपचारका लागि अस्पतालमै रहेकाले खड्काको अध्यक्षतामा बैठक बसेको हो।  जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा देउवा दम्पतीमाथि निवासमै आक्रमण भएको थियो। उनीहरूको निवास पनि जलेर ध्वस्त भएको छ।  अस्पतालमा उपचाररत देउवाले आज संविधान दिवसको अवसरमा शुभकामना भने विज्ञप्ति निकालेर दिएका थिए।

त्यस्तै कांग्रेस केन्द्रीय कार्यालय सानेपा पनि आगोलागीले ध्वस्त भएको छ।  आजको बैठक उक्त आगोलागी भएकै भवनमा बसेको हो। यसअघि कांग्रेस कार्यसम्पादन समितिको बैठक खड्काकै अध्यक्षतामा भर्चुअलरुपमा बसेको थियो। आन्दोलनका क्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पुर्‍याइएको छ। आजको बैठकले उक्त घटनाप्रति निन्दा गर्दै पार्टी सुदृढीकरणमा ध्यान दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युक्रेनविरूद्धको युद्धमा एक सय उत्तर कोरियाली सैनिकको मृत्यु : दक्षिण कोरिया
विदेशी पर्यटकका लागि पहिलो यन्त्र–आधारित बीमा सेवा सुरु
एक्सले बन्द गर्‍यो भारतका आठ हजार खाता
तीन दिनदेखि बन्धक दुई किशोरीको उद्धार
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड
प्रधानमन्त्रीले स्पेनमा मान्छे छोडेर आए भन्ने आरोप लगाउने सांसदले आत्मालोचना गरिसक्नुभयोः मन्त्री गुरुङ
आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
रामेछापमा बोलेरो दुर्घटना: वडा सदस्यको मृत्यु, ४ जना घाइते
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित