वित्तीय प्रणालीमा २ खर्ब तरलता थुप्रिएपछि ९० अर्ब खिच्दै केन्द्रीय बैंक

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • २ असोज, काठमाडौं ।
  •   नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ ।
  • प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो ।

२ असोज, काठमाडौं । 

नेपाल राष्ट्र बैंकले बिहीबार वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ । प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्ममा २ खर्ब ४ अर्ब तरलता रहेको छ । त्यसैले केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब अधिक तरलता खिच्ने भएको हो ।

उक्त निक्षेप संकलमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन् । यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ । हाल प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा निक्षेप संकलनको ब्याजदर घट्ने संकेत गर्छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?