यी जिल्लामा आकस्मिक बाढीको जोखिम

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन २, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • २ असोज, काठमाडौं ।
  • हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।
  • अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

२ असोज, काठमाडौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, मधेस प्रदेश,बागमती प्रदेशका केही तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको छ तथा कमला नदीको बहाव सतर्कता तहको आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ ।

त्यसै गरी इलाम, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, रामेछाप, सिन्धुली, मकवानपुर, नुवाकोट, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सर्लाही, रौतहट, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, रुपन्देही, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, बाँके, बर्दिया दाङ, सुर्खेत, जाजरकोट, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?