महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत
सारांश
- २९ भदौ, काठमाडौं ।
- राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गरेका छन् ।
- राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू हुनेगरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।
२९ भदौ, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आज स्वीकृत गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू हुनेगरी पदबाट दिएको राजीनामा स्वीकृत भएको जनाइएको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । प्रधानमन्त्रीको नियुक्तिसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने चलन रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया