सर्वोच्च अदालतका मुद्दाको सुनुवाइ स्थगित

nepaltathya_news nepaltathya_news
|
बुधबार, भाद्र २५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २५ भदौ, काठमाडौं ।
  •   सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
  • अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदाै २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो ।

२५ भदौ, काठमाडौं । 

सर्वोच्च अदालतले आजका लागि तोकिएका मुद्दाहरूको पेशी अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । अदालतले आज जारी गरेको सूचनामा उल्लेख भएअनुसार भदाै २४ गतेका लागि तोकिएका मुद्दाहरूको पेशी हाललाई स्थगित गरिएको हो ।

यस्तै भोलीदेखिका पेशीमा रहेका मुद्दाहरूको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ । सर्वोच्च अदालतले यसबाट सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति दुःख व्यक्त गरेको छ । जेन जी आन्दोलनकारीहरूले अदालतमा आगजनी गर्दा अदालत पूर्णरुपमा जलेको छ । अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?