इटहरीको प्रदर्शनमा डीएसपीसहित दर्जनौ बढी घाइते, १३ जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र २३, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २३ भदौ, इटहरी ।
  •  जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणबाहिर गएपछि इटहरीमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।
  •   दर्जन बढी घाइते भएका छन्।

२३ भदौ, इटहरी ।

 जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणबाहिर गएपछि इटहरीमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ।  दर्जन बढी घाइते भएका छन्। यो समाचार तयार पार्दासम्म मृतकको परिचय खुल्न बाँकी छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार भीड अनियन्त्रित बनेपछि दुई सय २२ जना प्रहरी र एक सय ४१ जना सशस्त्र प्रहरी खटिएका थिए। घटनामा इटहरी प्रहरीका डीएसपी लक्ष्मी भण्डारीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका छन्। ‘घटनामा ढुंगामुढा भएपछि प्रहरीको तर्फबाट अश्रुग्यास, हवाईफायर र जंगी राउण्डसमेत फायर भएको थियो,’ एसपी तिम्सिनाले भने, ‘कुन–कुन हतियारबाट के कति फायर भएको भनि यकिन गर्न बाँकी छ।’

उनका अनुसार घटनामा इटहरी प्रहरीका डीएसपी भण्डारी, प्रहरी सहायक निरीक्षक महेन्द्रप्रसाद यादव, प्रहरी निरीक्षक मेघराज अर्याल, प्रहरी निरीक्षक कोमल ठाकुर, प्रहरी नायब निरीक्षक सोमनाथ ढुंगाना, प्रहरी सहायक हवल्दार पुरुषोत्तम थानदार, प्रहरी जवानहरु नितेश कुमार मण्डल, रविन दर्जी घाइते भएका छन्। यसैगरी शसस्त्र प्रहरीतर्फ संजय थोकर, कुसाङसिह सशांक, संजय थारु र सुशील थारु घाइते भएका छन्। यसै गरी घटनामा प्रदर्शनकारीहरू मोरङको बूढीगंगा गाउपालिका ७ बस्ने बर्ष १९ को सान्तनु ढकाल, इटहरी उपमहानगरपालिका ४ बस्ने १६ वर्षीय अनमोल पन्त, इटहरी १० बस्ने १६ वर्षीया सम्झना बिक, रामधुनी नगरपालिका ८ बस्ने बस्ने १६ वर्षीय आशिष चौधरी, सोही ठाउँका १८ वर्षीय आदर्श चौधरी, इटहरी ५ बस्ने १६ वर्षीय बिकुल साह घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसै गरी जेन–जी पुस्ताको आन्दोलनमा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये धेरैजसो विद्यार्थी र स्थानीय युवाहरू छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धनकुटा, छथरजोरपाटी गाउँपालिका निवासी २१ वर्षीय अंकित भण्डारी, धनकुटा नगरपालिका ८ का २४ वर्षीय गोपी बस्नेत, महालक्ष्मी नगरपालिका–१, धनकुटा घर भई हाल इटहरी–५ मा डेरा गरी बस्ने २९ वर्षीय रोशन कार्की, मोरङ, सुन्दरहरैचा नगरपालिका–७, गोठगाउँ निवासी १९ वर्षीय कोमल मिश्र, धरान उपमहानगरपालिका–१८ निवासी मानस राई रहेका छन्। यस्तै सुन्दरहरैचा नगरपालिका–१० निवासी युविका महत, सोही ठाउँका १६ वर्षीय सन्जु छाला याख्खा, भोजपुरको हतुवागढी गाउँपालिका–१ घर भई हाल इटहरी–४ मा बस्दै आएका १९ वर्षीय प्रवेश राई, इटहरी ४ मै कोठा भाडामा बस्दै आएका २६ वर्षीय आश कुमार राईलाई पक्राउ गरिएको छ।

यसैगरी भोजपुरकै होमताङ गाउँपालिका–५ घर भई हाल इटहरी–२ मा डेरा गरी बस्ने २१ वर्षीय भूपाल राई, झापाको भद्रपुर नगरपालिका घर भई हाल इटहरी–९ बस्दै आएका मनोज आचार्य (उमेर नखुलेको), धनकुटाको महालक्ष्मी नगरपालिका–२ घर भई हाल इटहरी–५ मा बस्दै आएका १७ वर्षीय सरोज बुढाथोकी र इटहरी १७ का १६ वर्षीय सुशन खड्कालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये कतिपय नाबालक हुन्। उनीहरू आन्दोलनको भीडमा अग्रपंक्तिमा देखिएका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उनीहरूलाई सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा र सुरक्षा निकायलाई आक्रमण गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रवक्ता एसएसपी दीपक पोखरेलले प्रदेशभरीको विवरण आइनसकेको जानकारी दिए। ‘बेलुका ८ बजेसम्म पनि सबैतिरको भीड तितरबितर भइसकेको छैन,’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
बुइपामा ११० फिट अग्लो यलम्बरको प्रतिमासहित पार्क निर्माण
एकदिवसीय क्रिकेटबाट ग्लेन म्याक्सवेलको सन्यास
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
कस्तो छ आजको मौसम पूर्वानुमान ?
एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै
दीर्घकालीन खानेपानी व्यवस्थापनका लागि ऊर्जा र खानेपानी मन्त्रालयबीच सम्झौता