प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत

nepaltathya_news nepaltathya_news
|
बिहिबार, बैशाख २०, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत जनकपुरधाम।
  • मौसम झा धनुषाको मिथिला बिहारी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा नागेन्द्र यादव हाजिर भएका छन्।
  • बिहिबार प्रमुख प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख राजेन्द्र प्रसाद यादव र उप-प्रमुख सोभा देवी साहले स्वागत गरेका थिए।

प्रमुख प्रशासकीय अधिकृत यादव कार्यालयमा हाजिर, नगर प्रमुखले गरे स्वागत

जनकपुरधाम। मौसम झा

धनुषाको मिथिला बिहारी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा नागेन्द्र यादव हाजिर भएका छन्। बिहिबार प्रमुख प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख राजेन्द्र प्रसाद यादव र उप-प्रमुख सोभा देवी साहले स्वागत गरेका थिए। मिथिला बिहारी नगरपालिकाको आर्थिक, समाजिक एवं समग्र विकासका लागि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु संग हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।

मिथिला बिहारीको समग्र विकाश शुसासन कायम गर्न आवश्यक रहेकोले अधिकृतसंग त्यसको अपेक्षा गरेको बताउनु भयो। त्यसैगरी स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले आफुले जिम्मेवारी सम्हाले देखी नै मिथिला बिहारी नगरपालिकाको शान्ति, समृद्धि, सुशासन र विकास लाई आत्मासाथ गर्दै अघि बढ्ने बताउनुभयो।

जनप्रतिनिधिहरुले देखेको सपना पुरा गर्नका लागी बनाएको निति तथा कार्यक्रम, बजेट, नियमावली र कार्यविधि सही दिशामा हिडाउने निति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने जिम्मेवारी आफु लगायत हामी सबैको भन्दै त्यसलाई कार्यान्वयन गर्न आफु अघि बढ्ने बताउनुभयो। सामान्य कार्यलय सहयोगी देखी लिएर शाखा प्रमुखहरुको साथ, सहयोग र समन्वय आवश्यक रहेको भन्दै टिमवर्कमा रहेर समृद्ध मिथिला बिहारी नगरपालिकालाई बनाएर जिल्लामै नमुना नगरपालिका चिनाउन आफु कुनै कसर बाँकी नराख्ने बताउनुभयो।

आफ्नो पहिलो प्राथमिकता शान्ति, समृद्धि, सुशासन, विकास र भ्रष्टाचार मुक्त नगरपालिका बनाउने रहेको भन्दै सबै शाखा, कर्मचारीको साथ र सहयोग आवश्यक पर्ने बताउनु भयो। यसअघि निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका रामदरस यादव जागिरबाट रिटायर भएका छन । आज मिथिला बिहारी नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा नागेन्द्र यादव हाजिर भएका हुन्।

बिहिबारबाट नगरपालिकामा हाजिर भएका उनले नगरपालिकाको काम कानुनसम्मत सम्पादन हुनुपर्नेमा जाेड दिए। उनले नगरपालिकाको शाखा प्रमुख,लेखा प्रमुख र जनप्रतिनिधिहरुसँग छलफल गरी हालसम्म भए गरिएका कामको जानकारी लिएका थिए। उनले नगरपालिकाबाट सम्पादन गर्नुपर्ने कामलाई चुस्त र व्यवस्थित बनाउन शाखा प्रमुखलाई निर्देशन पनि दिएका छन्। कार्यक्रममा मिथिला बिहारी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष बिमलेश यादव, वडा नं ७ का अध्यक्ष संजय शर्मा वडा नं ८ का वडा अध्यक्ष जिबछ यादव, वडा नं ९ का वडा अध्यक्ष विन्देश्वर यादव र पालिकाका सम्पुर्ण कर्मचारी लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?