मकवानपुरमा आगलागीबाट २ करोडको क्षति, आगो निभाउने क्रममा घरधनी घाइते

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र २०, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • २० भदौ, मकवानपुर ।
  • मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ ।
  • मकवानपुरको बकैया गाउँपालिका-५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो ।

२० भदौ, मकवानपुर ।

मकवानपुरमा आगलागी हुँदै झन्डै २ करोड बराबरको क्षति भएको छ । मकवानपुरको बकैया गाउँपालिका-५ गरगरे स्थित लिलाराम जिम्बाको किराना पसलमा शुक्रबार बिहान आगलागी भएको हो । आगो निभाउने क्रममा घरधनी ४५ वर्षीय लिलाराम जिम्बा घाइते भएका छन् । घाइते जिम्बालाई थप उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

घर धनीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिन जाँदा आगलागी भएको खुल्न आएको प्रहरीले जनाएको छ । आगलागीबाट दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको छ । यसैगरी नगद १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ता कपडा, फर्निचर लगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोष्ट गरगरेबाट खटिएको प्रहरीको टोली, हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाको दमकलको सहयोगमा २ घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । बिहान करिब ७:४५ बजे  लागेको आगो बिहान ९:४० मात्रै नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जीतपुरसिमराका वडा अध्यक्ष कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालय तोडफोड तथा गाडीमा आगजनी
गाजामा भएको इजरायली आक्रमणमा १६ जना मारिए
नजिकको मृ*त्यु र हाम्रो सफलता कथा: उच्च जोखिम गर्भावस्थामा हाम्रो यात्रा
भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना, ३० भन्दा बढी घाइते
भूमि विधेयकमाथिको छलफल स्थगित
जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की
नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
प्रदर्शनकारी संसद भवन प्रवेश, तोडफोट र आजगनी गर्दै