क्रसर अनुगमनमा सिडिओ यादवद्वारा पत्रकारलाई भिडियो बनाउन रोक

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र १६, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १६ भदौ, मोरङ ।
  • मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् ।
  • आइतबार मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् ।

१६ भदौ, मोरङ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सार्वजनिक स्थलको रिपोर्टिङ गरिरहेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै अवरोध गरेका छन् । आइतबार मोरङको सुन्दरहरैँचा ७ स्थित गछिया खोलामा निर्माण गर्न लागिएको क्रसरको विषयमा विवाद भएपछि अनुगमनमा पुगेका प्रजिअ यादवले रिपोर्टिङका लागि पुगेका पत्रकारहरुलाई भिडियो नखिच्न भन्दै रोक लगएका हुन् । स्थानीवासी, क्रसरका सञ्चालक, जिल्ला समन्वय समिति प्रमुख अजम्वर राई र नगर प्रमुख केदार गुरागागईसहितको उपस्थितिमा भएको कुराकानीको छायाँकन गरिरहेका पत्रकारहरु नेपाल पत्रकार महासंघ मोरङका सहसचिव तथा मोरङ खबरका सञ्चालक रेवतीरमण निरौला, विराट टेलिभिजन इटहरीका विकल पौडेल, न्यूज २४ टेलिभिजनका मनोज भुजेल र पूर्वी अनलाइनका पत्रकार कृष्णचन्द्र सुवेदीलाई भिडियो नखिच्न भन्दै रोक लगाएका हुन् ।

रिपोर्टिङका लागि खबर पाएर पुगेका पत्रकारहरुले अनुगमनको भिडियो खिचिरहेका बेला प्रजिअ यादवले कुराकानीको “भिडियो नबनाउनु, भिडियो नबनाउनु” भन्दै रोक लगाएका हुन् । प्रजिअ यादवले भिडियो नबनाउनु भन्दै रोक लगाएपछि भिडियो खिच्न रोकेका पत्रकारहरुले अनुगमनको अन्त्यमा अनुगमनबाट के निश्कर्ष निस्कियो भनेर प्रश्न गरेर भिडियो रेकर्ड गर्न खोज्न प्रजिअ यादवले पुनः “भिडिय अ्या पहिले बोल्ने मान्छेलाई रेडि पार्नुपर्यो” भन्दै क्यामेरलाई हटाएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले सार्वजनिक स्थलमा भिडियो रिपोर्टिङ गरिरेहको अवस्थामा जनप्रतिनिधहरुको अगाडी प्रमुख जिल्ला अधिकारीले भिडियो खिच्न रोक लगाउँदै दुव्र्यवहार गर्नु दुःखद भएको बताउनुभयो । यो कार्य सूचनाको हक सम्बन्धि ऐन र प्रेस स्वतन्त्रताको मर्म विपरित रहेकाले राज्यका निकायमा बसेकाहरुले यस्ता कार्यहरु सच्याउनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा र प्रअ हटाइएपछि संगठनकाे आपत्ति
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ : मन्त्री चौधरी
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
जेनजी आन्दोलन : कैलालीमा १०८ सरकारी भवन र ६०० सवारीसाधनमा आगजनी
सरकारवादी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयलाई ६८ प्रतिशत सफलता
च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य