सोलुखुम्बु मालपोतका तत्कालीन खरिदार र नापीका अमिनसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, बैशाख १४, २०८१
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • १४ वैशाख, काठमाडौं ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोपमा शुक्रवार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

१४ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गराएको आरोपमा शुक्रवार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार सोलुखुम्बुको साबिक जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९ र ५८१ को सरकारी जग्गा नक्कली श्रेस्ता खडा गरी/गराई व्यक्तिको नाममा दर्ता गरिएको थियो । आयोगले उनीविरुद्ध ६ लाख १८ हजार रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवानाको सजाय मागदाबी गरेको छ ।

यस्तै आयोगले सोलुखुम्बु नापीका तत्कालीन अमिन टंकप्रसाद निरौला, खुम्बु पासाङल्हामु गाउँपालिका १ की बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापा मगरलाई पनि प्रतिवादी बनाएको छ । साथै फुरगेल्जे शेर्पा, ङिम याङजी शेर्पा, ल्हाक्पादिकी शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व. मिङमाल्हमू शेर्पालाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा कोभिडका झन्डै ४ हजार बिरामी, २४ घण्टामा ४ जनाको मृ*त्यु
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ
पोखरा विमानस्थल भ्रष्टाचार : अधिकारीलाई ५लाख र भण्डारीसँग १ लाख धरौटी माग
रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
मौद्रिक नीतिले पनि बजारमा लगानी बढेन, आजै ५० अर्ब तान्दै राष्ट्र बैंक
भारतको दाबी : पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनायो
नेपाल हुँदै अवैध रूपमा भारत प्रवेश गर्न लागेका उज्बेकिस्तानी महिला र नेपाली युवक पक्राउ
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
टी–२० विश्वकप एशिया छनोटमा नेपाल हङकङसँग खेल्दै
लागुऔषधसहित दुई महिला पक्राउ