चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र १०, २०८२
|
|
९ पटक हेरिएको
Shares

सारांश

  • १० भदौ, चितवन ।
  • चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ ।
  • चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाण खोला इलाकामा मंगलबार बिहान पोथी गैँडा मृत अवस्थामा फेला परेको हो ।

१० भदौ, चितवन ।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र बाण खोला इलाकामा मंगलबार बिहान पोथी गैँडा मृत अवस्थामा फेला परेको हो । निकुञ्जले घटनाबारेमा आधिकारिक जानकारी दिएको छैन । नेपाली सेनाको लामीचौर पोस्टबाट डेढ किलोमिटर उत्तर पश्चिममा पर्ने मध्यवर्ती क्षेत्र ढाका गुन्द्रही मध्यवर्ती सामुदायिक वनको वाण खोलाको किनारमा ९ भदौमा गैँडा दलदलमा फसेको अवस्थामा सेना तथा निकुञ्जका कर्मचारीहरूले उद्धार गरेका थिए ।

उद्धार गरेर छाडिएको ठाँउबाट ५ सय मिपटर पश्चिमतर्फ खोला किनारमा मंगलबार गैँडा मृत भेटिएको हो । निकुञ्जमा चालु आर्थिक वर्षमा मरेको यो दोस्रो गैँडा हो । यसअघि, गत २१ साउनमा माडी नगरपालिका-२ भैरवपुरमा एक किसानले धान जोगाउन थापेको विद्युतीय धरापमा परेर गैँडा मृत भेटिएको थियो । गत आर्थिक वर्षमा निकुञ्जमा २८ गैँडा विभिन्न कारणले मरेका थिए । सरकारले चालु आर्थिक वर्षभित्र नै गैँडाको संख्या यकिन गर्न गणना गर्ने तयारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
नेप्सेमा उछाल आउँदा परिसूचक २८ सयको विन्दुमा
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
सुदूरपश्चिममाथि विराटनगरको सानदार जित
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री बालेनको शपथ समारोहमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली अनुपस्थित
सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु
सिरहा ह*त्या प्रकरण: ट्याक्टर नसिकाएको निहुमा ह*त्या, कुकुरले पत्ता लगाएपछि पक्राउ
थप आन्दोलनको तयारीबारे समीक्षा गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति