१६१ शंकास्पद बिरामी उपचारमा, ७१ मा हैजाको पुष्टि

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   वीरगन्ज ।
  • वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ ।
  • आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् ।

 

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा हालसम्म हैजाका संक्रमितको संख्या ७१ पुगेको छ । आइतबार साँझ ८ बजेको तथ्यांकअनुसार शनिवारसम्म ४२ जनामा पुष्टि भएको सङ्क्रमणमा आइतबार थप २९ जना नयाँ संक्रमित थपिएका हुन् । महानगरको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेका छन् ।

 

अस्पतालमा उपचाररत संक्रमितको विवरण

नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि हस्पिटलमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जना बिरामीको उपचार भइरहेको छ । यस्तै, झाडापखाला र शंकास्पद हैजाका १६१ जना बिरामी विभिन्न अस्पतालमा उपचाररत छन् । नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार केही बिरामी उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । उनले आत्तिनुपर्ने अवस्था नरहेको र सफा खानेपानी, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य सतर्कता अपनाएर हैजाको जोखिमबाट बच्न सकिने बताए ।

संघ–प्रदेश–स्थानीय तहको संयुक्त प्रयास

हैजा नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारहरूले संयुक्त रुपमा अभियान सञ्चालन गरिरहेका छन् । वीरगन्ज महानगरपालिकाले विशेष स्वास्थ्यकर्मी टोली परिचालन गरी संक्रमित क्षेत्रहरूमा नियन्त्रण र रोकथामका गतिविधि अघि बढाएको छ । यस्तै, जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले नारायणी अस्पतालसहित अन्य स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन र आवश्यक स्वास्थ्य सामग्री आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ । स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले नागरिकलाई सचेत रहन, सफा पानी मात्र पिउन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरोमा परी हालसम्म ११ जनाको मृत्यु, १० जना बेपत्ता, ७६४ जनाको उद्धार
तीनसय ४० किलोग्राम गाँजा बोकेको कार नियन्त्रणमा
मलंगवा नगरपालिकामा भोली शोक बिदा
अध्यक्षको मनपरी शैलीविरुद्ध राष्ट्रिय अपाङ्ग महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी
बंगलादेशमा सरकार विरोधी प्रदर्शन : मृतकको सङ्ख्या ९१ पुग्यो
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले भुटानसँग खेल्दै
विराट कोहलीले तोडे सचिनको रेकर्ड, एक दिवसीयमा ५०औं शतक पूरा
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
आज रामनवमी देशभर श्रद्धा भक्तिपूर्वक मनाइँदै
नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो