०८४ को चुनावमा रास्वपाले १९० सिट जित्छः शिशिर खनाल

nepaltathya_news nepaltathya_news
|
शनिबार, श्रावण ३१, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • ३१ साउन, काठमाडौँ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ०८४ को चुनावमा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्।
  • शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था हुन्छ?

३१ साउन, काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ०८४ को चुनावमा रास्वपाले १९० सिट ल्याउने दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले १९ जना सांसदहरुले अहिलेका बाँकी सांसदहरुलाई चुनौती दिइरहेको भन्दै १९० जना सांसद आउँदा के अवस्था हुन्छ? भन्दै प्रश्न गरे। उनले आफूहरु सुशासनको पक्षमा रहेको बताए। उनले संसद्‌मा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुको काम रास्वपाका सांसदहरुमाथि गाली गर्ने मात्रै भएको जिकिर गरे। रास्वपा प्रमुख प्रतिपक्ष दल नभए पनि प्रमुख प्रतिपक्ष दललाई झैं आक्रमण भइरहेको उनको भनाइ थियो।

एमाले र कांग्रेसका नेताहरुले देशको बेथितिको कारण राष्ट्रिय स्वतन्त्र पार्टी नै हो जस्तो गरेर गाली गर्ने गरेको उनले बताए। उनले भने, ‘कांग्रेस, एमालेका नेताहरु आजकाल हरेक दिन हामीलाई गाली बर्साउनुहुन्छ। उहाँहरुको मनमा के ढ्यांग्रो पिट्न थाल्यो भने १९ को सट्टा अब ०८४ मा १९० हुने भए। १९ ले त यस्तो धौधौ पार्दछन्, १९ ले त यस्ता अफ्ठयारा अफ्ठ्यारा प्रश्न सोध्छन्, १९० जना राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रतिनिधि सभामा हुँदा के हुन्थ्यो होला?’ सांसद खनालले कार्यकर्ताहरुलाई विचलित नभई अघि बढ्न निर्देशन दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
निजामती कर्मचारीहरु देश विकास र समृद्धिको मेरुदण्ड हुन् : मन्त्री न्यौपाने
तरुण दलको अधिवेशनमा खुकुरी हान्ने व्यक्ति पक्राउ
सरकारको नाममा धेरै ठूलो बदनामी भइरहेको छ : सभापति देउवा
गाडीको ठक्करबाट तिलोत्तमामा एक जनाको मृत्यु
राप्रपा प्रदर्शन : सीसी क्यामेरा र ड्रोनबाट निगरानी, २ हजार प्रहरी परिचालन तयारी
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब
वैदेशिक रोजगारमा पठाउने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ