क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
सारांश
- १४ साउन, काठमाडौं ।
- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन दोस्रोपटक आह्वान गरेको छ।
- गत चैतमा क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको थियो ।
१४ साउन, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन दोस्रोपटक आह्वान गरेको छ। गत चैतमा क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको थियो । तोकिएको समयमा आवेदन प्राप्त नभएपछि फेरि आवेदन खुलाइएको क्यानले जनाएको छ ।

‘त्यसबेला २१ दिनको म्याद थियो, तर कुनै पनि आवेदन प्राप्त नभएपछि फेरि खुलाएका हौं’ क्यानका प्रवक्ता छुम्बी लामाले बताए । प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम रू. २ करोड तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसमा प्रत्येक वर्ष १०% वृद्धि हुनेछ।

आवेदन दिन इच्छुक कम्पनीहरूका लागि नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्डहरू मात्र योग्य हुने र प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ। आवेदनको अन्तिम मिति साउन १९ गते बिहान ११:०० बजेसम्म मात्र रहेको छ। प्रस्ताव हार्डकपीमा मुलपानीस्थित क्यानको कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया