नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २० असार, काठमाडौं ।
  •   उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।
  • नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् ।

२० असार, काठमाडौं । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्तालाई नेपालको पूर्वाधार विकास र पर्यटनमा राम्रो सम्भावना रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले थप लगानी गर्न अनुरोध गरेका हुन् ।

“निजी क्षेत्रबाट लगानीका लागि नेपालमा उपयुक्त वातावरण छ । नीतिहरु लगानीमैत्री छन् । लगानीका क्षेत्रहरु पहिचान राम्रो तयारी गरी  अघि बढ्नुहोस् । सरकार सहयोग गर्न र सहजीकरण गर्न तयार छ”, अर्थमन्त्री पौडेलले भने। प्रतिनिधिमण्डलमा सहभागीले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण, पर्यटनलगायत क्षेत्रमा लगानी गर्नेबारे चासो व्यक्त गरेका थिए । प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा चाइ कि खान, गणेशकुमार वनगाह, एमके सङ्ग्राहलगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
वीरगन्जमा शुक्रबार ‘गहवामाई रथयात्रा’ निकालिँदै, सुरक्षाकर्मी ‘हाइ अलर्ट’मा
आज भूकम्प स्मृति दिवस मनाइँदै
असार १५ गतेसम्ममा शिक्षा विधेयक पास हुन्छ : शिक्षामन्त्री पन्त
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
जर्मनीमा एउटै कारको ठक्करबाट २८ जना घाइते
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
ग्यास बोकेर त्रिशूली जाँदै गरेको गाडीमै ग्यास लिक,सुरक्षाका लागि दुबै तर्फको राजमार्ग बन्द
तराइका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
टी-२० विश्वकपमा आज दुई खेल हुँदै