गण्डकीमा बहुमतको सरकार गठनका लागि ७ दिनको समय

nepaltathya_news nepaltathya_news
|
बुधबार, चैत्र २१, २०८०
|
|
१३ पटक हेरिएको
Shares

सारांश

  • २१ चैत, पोखरा ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् ।
  • मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् ।

२१ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री डिल्लीराज भट्टले सरकार गठनको आह्वान गरेका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान गरेका हुन् । बहुमत प्राप्त गर्न सक्ने दलले चैत २७ गते दिउँसो ३ बजेभित्र दाबी पेश गर्नुपर्नेछ । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि मुख्यमन्त्री पाण्डेले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गरेका थिए । त्यसपछि २३ फागुनमा माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?