एसईईको नतिजा यसै वर्ष सुधार हुन्छः प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, जेठ ३०, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३० जेठ, काठमाडौं ।
  •   प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन्।
  • धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

३० जेठ, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन्। धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए।

गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए। सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे। थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्‍याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताए।

उनले भने, ‘गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ। प्रशंसा गर्न नसकिने स्थिति त्यसमा यस वर्ष नै सुधार आउनेछ। किनभने हामीले केही प्रभावकारी कदमहरु चालेका छौँ। जसले ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन। यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्‍याउनेछौँ। उत्तिर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौँ। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ।’ प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्राधिकरण ८ वर्षमा एक खर्ब रुपैयाँ पुँजीगत लगानी गर्न सक्षम, सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुग्यो
यस्तो रहने छ आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्तो छ कार्यसूची
यस्तो छ , शुक्रबारको लागि विदेशी मुद्राको विनिमयदर
३४.२९ अंकले बढ्यो नेप्से, २३ अर्ब बढीको कारोबार
वातावरणमैत्री सडक संरचना बनाउन सरकार लागेको छः मन्त्री दाहाल
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक
धर्म र संस्कृति बचाउनुपर्ने समय आयो : ज्ञानेन्द्र शाही