दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण, इन्धन ट्याङ्कीमा आगलागी

nepaltathya_news nepaltathya_news
|
सोमबार, चैत्र २, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २ चैत, काठमाडौं ।
  • संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ ।
  • दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ ।

 

२ चैत, काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा ड्रोन आक्रमण भएपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा आगलागी भएको छ । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको उक्त ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको छ । घटनापछि सिभिल डिफेन्सका टोलीहरूले आगो नियन्त्रणमा लिन काम गरिरहेका रोयटर्सले जनाएको छ । उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

सारजहाँ ट्वान्टी फोर अनलाइनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुईवटा ड्रोन खसेको जनाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि खाडी क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र भएका छन् । त्यसयता खाडीका अरब मुलुकहरूले दुई हजारभन्दा बढी मिसाइल र ड्रोन आक्रमणको सामना गरिसकेका छन् । यी आक्रमणका लक्ष्यहरूमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डा मात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन् । सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको बताइएको छ । यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् र ती सबैले इरानको आलोचना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक पाँचसय जरिबाना तिर्नुपर्ने
विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
नारायणघाट–बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने
नदी दायाँ–बायाँ थप २० मिटरमा निर्माण रोक्ने निर्णय खारेज
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
साल्ट कर्पोरेसन धनुषाद्वारा १८ करोड ६२ लाखको नुन बिक्री
यस्तो छ कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति [बुँदासहित]
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
सरकारको ध्यान बचत फिर्ता गराउनेमा हाेइन रास्वपालाई सिध्याउनेमा छ : रवि लामिछाने