७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ १७, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • १७ माघ, काठमाडौं ।
  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् ।
  • आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।

१७ माघ, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए। सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’

विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए । संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकाले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?