सहारा पञ्चकन्याको १६ औँ साधारण सभा सम्पन्न

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २७, २०८२
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • सर्लाही, २७ पुष।
  • सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।
  • साधारण सभा संस्थाका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता तथा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

सर्लाही, २७ पुष। सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।

साधारण सभा संस्थाका अध्यक्ष देवेन्द्र यादवको अध्यक्षता तथा मधेस प्रदेश सरकारका स्वास्थ्य मन्त्री जंगीलाल रायको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। सभाको सुरुवात संस्थाका मुख्य प्रबन्धक शिवशंकर जयसवालले स्वागत मन्तव्यबाट गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री रायले संस्थाको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्दै सञ्चालक समिति तथा कर्मचारीहरूको कामको प्रशंसा गर्नुभयो। उहाँले चुनौतीपूर्ण परिस्थितिमा पनि समाज र समुदायलाई निरन्तर सेवा पुर्‍याउँदै आएको यस सहकारीको योगदान प्रशंसनीय भएको बताउनुभयो।

मन्त्री रायले पछिल्ला दिनमा केही सहकारीमा पारदर्शिता र अनुशासनहीनताको समस्या देखिएको उल्लेख गर्दै सहारा पञ्चकन्या सहकारीमा त्यस्तो समस्या नदेखिनु र संस्थाको आर्थिक अवस्था निरन्तर सुदृढ बन्दै जानु सकारात्मक पक्ष भएको धारणा व्यक्त गर्नुभयो।

साधारण सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कार्यकारी अध्यक्ष देवेन्द्र कुमार यादवले २७ हजार रुपैयाँ शेयर पूँजीबाट सुरु भएको संस्थाको कुल शेयर पूँजी हाल ७९ लाख २५ हजार २ सय रुपैयाँ पुगेको जानकारी दिनुभयो।

सभामा संस्थाका पूर्व सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, शेयर सदस्य, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा असल ऋणी, बचतकर्ता तथा सेवाकेन्द्रका असल फिल्ड कार्यकर्तालाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरिनुका साथै झोला समेत वितरण गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक
आजको मौसम : यी स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित मध्यम वर्षाको सम्भावना
घुसकाण्डमा जोडिएका पूर्वमन्त्री गुप्तालाई अख्तियारले बोलायो
प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो नेप्से
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
मेयर बालेन र उपमेयर सुनिताको वार्ता, कार्यपालिका बैठक राख्ने तयारी
विराट शिव गुरु महोत्सव भव्यताका साथ सम्पन्न 
परियोजना धितो राखेर कृषि कर्जा दिने सरकारको घोषणा