राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छ : उपराष्ट्रपति यादव

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २७, २०८२
|
|
१० पटक हेरिएको
Shares

सारांश

  •  काठमाडौं ।
  • उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् ।
  • राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए ।

 काठमाडौं ।

उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् । राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए । उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ ।

मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्खाहरूको योगदानलाई यस दिवसले सम्मान गर्ने अवसर प्रदान गर्दछ ।’ यस्तै, उनले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई आत्मसात गर्दै सामाजिक सद्भाव सहिष्णुता र समरसता अभिवृद्धि गर्ने उत्प्रेरकका रूपमा यस दिवसलाई उपयोग गर्न सक्नुपर्ने बताए । आजको दिनले व्यक्तिगत हितभन्दा माथि उठेर राष्ट्रहितलाई प्राथमिकता दिनु नै सशक्त र समावेशी मुलुक निर्माणको आधार भएको तथ्यलाई स्मरण गराउँदै युवापुस्तालाई मातृभूमिप्रति समर्पण र सेवा भावना जागृत गर्नमा यस दिवसको विशेष महत्व रहेको पनि उनको भनाई छ ।  साथै, उनले सबैले विभेद, वैमनस्यता र असहिष्णुतालाई त्यागी समान अवसर, सामाजिक न्याय र सांस्कृतिक सम्मानलाई जीवनको मूल मन्त्र बनाउन संकल्प गर्नुपर्ने उल्लेख गर्दै यही संकल्पले मुलुकलाई आर्थिक, सामाजिक, शैक्षिक र राजनीतिकः उन्नतितर्फ अघि बढाउने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?