जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो :गृहमन्त्री अर्याल

nepaltathya_news nepaltathya_news
|
बिहिबार, पौष २४, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् ।
  • बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताए ।

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै लाभ रहेको बताए । उनले भने,‘जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो । जेनजीका मुद्दा छलफल हुँदाखेरी जेनजी स्वतः यो छलफलको आदी हिस्सा हो ।

किनकी सरकारसँग जेनजीले सम्झौता गरेको छ । जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मानेको अवस्थामा सबैलाई लाभ नै लाभ छ । त्यसकारण परिवर्तनलाई स्वीकारर्नुपर्छ अनि मात्र हिंसा दोहोरिदैन् ।’
त्यस्तै उनले विधिको शासन मिचेर गरेको काम सुशासन नुहने धारणा राखे । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यसलाई सुशासन मान्न नसकिने उनको भनाई छ । ‘विधिको शासन मिचेर गरेको काम सुशासन हुँदैन् । जेनजीको सपना सुशासन हो । सुशासनका लागि विधिको शासन अपरिहार्य छ । विधिको शासन मिचेर कसैले स्टन्ड गर्छ भने त्यो सुशासन होइन् ।

त्यसैले सुशासनको लागि सरकार लागेको हो । गृहमन्त्री त्यसैमा लागेको छ’उनले भने । उनले आफ्नो प्राथमिकता देश जोगाउने कुरामा रहेको बताउँदै सफा नियत हुँदाहुँदै पनि आफ्ना विषयमा बाहिर गलत धारणाहरु आएको गुनासो गरे । ‘मेरो पहिलो प्राथमिकता देश जोगाउने हो । त्यसमा लाग्दा केही कुरा ढिलो भएछन् ,रेसपोन्स समयमा भएन भने त्यसलाई नराम्रो रुपमा नलिनुहोला । मेरो गलत नियत छैन् । म त बीचमा बोल्न पनि नपाउने भएको थिए । बोल्यो कि गलत अर्थ लगाउने काम भयो’उनले भने । निर्वाचन सुरक्षित र निष्पक्ष रुपमा सम्पन्न हुने उनको दाबी छ । मन्त्री अर्यालले पीडितको न्यायको लागि लडेर आएको मानिस आफू भएको कारण राजनीतिमा नजाने जानकारी गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–२ मा रास्वपाका सुनिल केसी विजयी
सरकारको आदेश पछि वल्डलिंकलेपनि बन्द गर्यो सामाजिक सञ्जालका प्लेटफर्महरू
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
इजरायल–इरान तनाव : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र, १७ लाखभन्दा बढी नेपालीको सुरक्षामा चिन्ता
शिक्षकहरूले माइतीघरमा विद्यालय शिक्षा विधेयक जलाए
कारको ठक्करबाट बानेश्वरमा तीन वर्षीय बालकको मृ*त्यु
‘सरकारले जेनजी पुस्ताको क्रान्ति र बलिदानीलाई लत्यायो’
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
आज देशभर पानी पर्ने, यी स्थानमा भारी वर्षाको सम्भावना