रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष ११, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ११ पुस, काठमाडौं ।
  • नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट उम्मेदवार सिफारिस भएको छ।
  • प्रचण्डलाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो।

 

११ पुस, काठमाडौं ।

नेकपा माओवादीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रोल्पाबाट उम्मेदवार सिफारिस भएको छ। प्रचण्डलाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो। प्रचण्डपछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दीपक रोकालाई उम्मेदवार सिफारिस गरिएको छ। गएको निर्वाचनमा यो क्षेत्रमा वर्षमान पुनले जितेका थिए।

प्रचण्ड ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि यहीबाट निर्वाचित भएका छन्। रोल्पाबाट समानुपातिकतर्फ कृष्णबहादुर महरा, पवित्रा धर्ती, गीता नेपाली र बाबुलाल पुन सिफारिस भएका छन्। गएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका प्रचण्ड फागुन २१ को निर्वाचनमा कहाँबाट लड्ने निश्चित भएको छैन। प्रचण्ड अहिलेसम्म रोल्पासहित कास्की, सुनसरी, गोरखा, महत्तरीलगायतबाट पनि उम्मेदवारको रूपमा सिफारिस भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
म प्रधानमन्त्री हुँदा लगानीको वातावरण बनाउन पहल गरेकै हो: प्रचण्ड
‘राजदरबार हत्याकाण्ड’ को २२ वर्ष पूरा, घटना अझै रहस्यमय
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएबीच एकता घोषणा
गढीमाई मेलाका अवसरमा मधेशमा मंसिर २३ गते सार्वजनिक बिदा
दलीय कर्मचारी ट्रेड युनियनको खारेजीको मागसहित मन्त्रालमै कर्मचारीको धर्ना
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै
आलु, प्याज र स्याउको मूल्य अभिवृद्धि कर खारेज