कारोबारसँगै बढ्यो सेयर बजार, नेप्से २६२५ अंकमा

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २ पुस, काठमाडौं ।
  • बुधबार सेयर बजार ५.
  • ७० अंक बढेको छ ।

 

२ पुस, काठमाडौं ।

बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो । १४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे । व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे ।.

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । नारायणी डेभलपमेन्ट बैंकको ८.७७, चिरख्वा हाइड्रोपावरको ५.३३ तथा माइखोला हाइड्रोपावरको ४.३३ प्रतिशत मूल्य बढ्यो । बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ