समानुपातिकतर्फ एकै दिन दर्ता भए ३३ दल

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर २१, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २१ मंसिर, काठमाडौँ ।
  • समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको छ ।
  • आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको छ ।

२१ मंसिर, काठमाडौँ ।

समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको छ । आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको छ । यही मंसिर २३ गतेसम्म समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिन्छ । आइतबार पहिलो दिन समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि ३३ दलले दल दर्ताको निवेदन दिएका हुन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय तोकिएको छ ।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ । विद्यमान कानुन अनुसार प्रतिनिधि सभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?