उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुनु हुँदैन : शिक्षामन्त्री पुन

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
८ पटक हेरिएको
Shares

सारांश

  • १२ मंसिर, काठमाडौं ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन् ।
  • आज नास्टको सभामा मन्त्री पुनले भने, ‘उपकुलपति र सचिवको छनोट नियुक्ति  राजनीतिक आस्थाको आधारमा नभइ योग्यता, क्षमता, तठस्थता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्न स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्छ ।

१२ मंसिर, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले उपकुलपतिको नियुक्ति राजनीतिक आस्थाको आधारमा हुन नहुने बताएका छन् । आज नास्टको सभामा मन्त्री पुनले भने, ‘उपकुलपति र सचिवको छनोट नियुक्ति  राजनीतिक आस्थाको आधारमा नभइ योग्यता, क्षमता, तठस्थता तथा राष्ट्रिय अन्तर्राष्ट्रिय छविको आधारमा गर्न स्पष्ट आधार र प्रक्रिया निर्धारण गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय छवि भएका वैज्ञानिकलाई  प्राज्ञको रुपमा चयन गर्ने आधार गर्नुपर्छ ।’ नास्ट सबै वैज्ञानिकको अभिभावक संस्था बन्नु पर्नेमा मन्त्री पुनको जोड छ । नास्टमा वैज्ञानिक र कर्मचारीको अनुपात ८०/२० वा ७०/३० हुनुपर्ने मन्त्री पुनले बताए । ‘कर्मचारीहरूको भूमिका निर्देशक होइन, सहयोगी र संरक्षक हुनु पर्छ,’ उनले भने । नास्टको सम्पूर्ण क्षमता नवप्रवर्तन, आविष्कार र उद्यममुखी अनुसन्धान संस्कारको विकास गर्ने वैज्ञानिक केन्द्र बन्नुपर्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल आन्दोलित, महामन्त्री भन्छन्– आजै सडकमा उत्रिन्छौं
नेपाल फर्कन चाहने कतारका नेपालीलाई आवेदन दिन दूतावासको विशेष अनुरोध
जनकपुरबाट बरहथवा आउँदै गरेको बस महोत्तरीमा दुर्घटना, ६ जना गम्भीर घाइते
बजेटको बिरोधमा कांग्रेसकै सांसद, बाल्कोनीमा पुगेर उभिए
तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पोस्टमार्टम हुँदै
निर्माणाधीन फास्ट ट्रयाकमा टिपर दुर्घटना, एकको मृत्यु
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’ अभियान सुरु
प्रधानमन्त्री ओलीले गृहजिल्लामा एक लाख मान्छे उतार्ने, जनसभाको तयारी तिव्र
आज पनि बस्दै विपक्षी दलहरुको बैठक
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध