केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

nepaltathya_news nepaltathya_news
|
आइतबार, कार्तिक २, २०८२
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २ कात्तिक, काठमाडौँ ।
  • केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ ।
  • गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

२ कात्तिक, काठमाडौँ ।

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बैठक बोलाएका हुन् । गृहमन्त्री अध्यक्ष रहने समितिको बैठकमा गृह र रक्षा सचिवका साथै चारवटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि हुनेछन् ।  उक्त बैठकले केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाउँदै गरेको एकीकृत सुरक्षा योजनामा भएका प्रगतिको समीक्षा गरी आवश्यक पृष्ठपोषण तथा नीतिगत निर्देशन दिनेछ ।

गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख एवं सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको छ । गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथ यो समिति गठन गरेका हुन् । यस समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य रहनुका साथै उपसचिव रवीन्द्र अधिकारी सदस्य सचिव छन् । यस समितिले बनाएको सुरक्षा योजना कार्यान्वयनका लागि प्रत्येक जिल्लामा पठाइनेछ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले उक्त योजनाको कार्यान्वयन गर्नेछ । ‘हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ । एकीकृत निर्वाचन सुरक्षा योजना तीव्र गतिमा बन्दै छ,’ गृहमन्त्री अअर्यालले भने, ‘निर्वाचन आयोगसँग पनि सघन छलफल र समन्वय भइरहेको छ । सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको कुनै कमी नहुने गरी काम भइरहेको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरी र धरान उपमहानगरसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
जलसतह बढेपछि गण्डक ब्यारेजका ३६ सौ ढोका खोलिए
सप्तरीमा बाघको आक्रमणबाट तीनजना घाइते
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड
जेन–जी आन्दोलनका क्रममा रौतहटमा २० करोडभन्दा बढीको क्षति भएको अनुमान
खोटाङमा जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्न तीन करोड बजेट
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
बढ्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस