नेविसंघले पनि दियो बालेन र सुदनविरुद्ध उजुरी

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २६, २०८२
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • २६ असोज, काठमाडौं ।
  •  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ ।
  • नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि उनीहरुविरुद्ध उजुरी दिएको हो ।

२६ असोज, काठमाडौं ।

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि उनीहरुविरुद्ध उजुरी दिएको हो ।  नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट, विजय शाह लगायतले उजुरी दिएका हुन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आउन उक्साएको, आगजनी, तोडफोड गरी सरकारी सम्पत्तिमा क्षति पुर्याएकोले उनीमाथि अनुसन्धान गर्न उजुरीमा माग गरिएको छ । उनीहरुले काठमाडौँ र ललितपुरमा उजुरी दिएका हुन् । यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सुदन गुरुङसहित मृतकका परिवारका सदस्य प्रहरीकोमा पुगेका थिए ।  प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि सोसल मिडियामा एरेस्ट केपी र एरेस्ट रमेश लेखक भन्दै अभियान नै चलाइएको थियो ।

त्यसपछि प्रहरीले जाहेरी बुझेर अन्दोलनबारे छानबिन गर्न बनेको आयोगमा पठाएको थियो । सोही दिन बालेन र सुदनविरुद्ध काउन्टर उजुरी लिएर एमाले निकट विद्यार्थी संगठन काठमाडौँ प्रहरी परिसर पुगेको थियो । त्यसपछि बिभिन्न जिल्लामा बालेन र सुनदविरुद्ध उजुरी परेको छ ।  यता केपी ओली र रमेश लेखकविरुद्ध परेको जाहेरी छानबिन आयोगले प्रहरीमै फिर्ता पठाईदिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?