सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २०, २०८२
|
|
७ पटक हेरिएको
Shares

सारांश

  • २० असोज, सर्लाही ।
  •   सर्लाहीमा दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीकाविभिन्ननदीतथाखोलामाआएको बाढीका कारण १६ सय भन्दाबढी घरधुरी डुबानमा परेका छन्।
  • जिल्लाप्रहरी कार्यालय सर्लाहीकाअनुसार बागमती र लखनदेहीखोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावितभएकाछन्।

२० असोज, सर्लाही । 

सर्लाहीमा दुई दिनदेखि निरन्तर परेको अविरल वर्षाले सर्लाहीकाविभिन्ननदीतथाखोलामाआएको बाढीका कारण १६ सय भन्दाबढी घरधुरी डुबानमा परेका छन्। जिल्लाप्रहरी कार्यालय सर्लाहीकाअनुसार बागमती र लखनदेहीखोलामा आएको बाढीले मात्र १,६१९ घर प्रभावितभएकाछन्। बागमतीनदीको बाढीले बलरा नगरपालिका ३ लक्ष्मीपुरका ७ सय घर, वडा नं. १ छन्कीटोलका ५० घर र वडा नं. ५ का करिब १ सय ५० घरमा पानी पसेको छ।

लखनदेहीखोलाको पानी पस्दा मलंगवा नगरपालिका – ५ भाडसरका करिब २ सय घर डुबानमा परेका छन्। त्यसैगरी कौडेना गाउँपालिका – ७शिवनगरमा ३ सय ५० देखि ४ सय घर प्रभावितभएको प्रहरीले जनाएको छ। चक्रघट्टागाउँपालिका – ५ पडरियामापनिबाढीपस्दा २० वटामाटोकाकच्ची घर पूर्ण रूपमाभत्किएकाछन्। उता हरिवननगरपालिकाचिनीमिलक्षेत्रमापानीको उचितनिकास नहुँदा ४० घरमा बाढीपस्नपुगेको छ। बरहथवानगरपालिका – ७डोमटोलमा सोतीखोलाको पानीपस्दाकरिब १५ घर डुबानमा परेका छन्। यस्तै, कौडेना गाउँपालिका–३ र ५ मा लखनदेहीखोलाको पानीपस्दा ४० घर डुबानमा परेका छन् भने कविलासीनगरपालिका – ८ अगर्वामा झिमखोलाले १४ घर प्रभावितबनाएको छ।

गोडैतानगरपालिकामा समेत कयौ घरमा पानि पसेको छ। प्रहरीकाअनुसार हालसम्मठूलो जनधनको क्षतिनभएपनि स्थानीयहरू सुरक्षित स्थानमा सारिएको र राहतको तयारी भइरहेको छ। कौडेना गाउँपालिका – ३ स्थितलखनदेहीखोलामाआएको बाढीले हुलाकी सडक बगाउँदा जिल्लाको पश्चिम क्षेत्र र सदरमुकाम मलंगवा सँगको सम्बन्धविच्छेद भएको छ। बाढीले राजमार्गको करिब १५० मिटर पक्की सडकबगाएपछि स्थानीयलाई सदरमुकाम सम्म आउजाउ गर्न लामो वैकल्पिकमार्ग प्रयोग गर्नु पर्ने अवस्था आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?