भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्दार
सारांश
- भैरहवा (रुपन्देही) ।
- अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ ।
- नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो ।
भैरहवा (रुपन्देही) ।
अविरल वर्षाका कारण भैरहवामा अलपत्र यात्रुहरूको हवाई उद्धार उडान गरिएको छ । नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो ।

भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर काठमाडौँ फर्किएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले जानकारी दिए । उद्धार उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुलाई प्राथमिकता दिइएको उनले बताए ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया