दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १९, २०८२
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • १९ असोज, काठमाडौँ ।
  • असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ ।
  • दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।

१९ असोज, काठमाडौँ ।

असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी कोशी प्रदेशमा मानवीय क्षति भएको छ । उक्त प्रदेशको इलाममा मात्र बाढी पहिरोमा परी २८ जनाको मृत्यु भएको छ ।

त्यस्तै उदयपुर, खोटाङ र पाँचथरमा नौ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । त्यसैगरी मधेस प्रदेशको रौतहटमा ३ जनाको मृत्यु भएको र बारामा एक जना बेपत्ता रहेका छन् । बागमतीको रसुवामा चार जना बेपत्ता र काठमाडौँमा १ जना बेपत्ता रहेका छन् । यो सहित बेपत्ताको संख्या ११ पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरको पिउने पानीमा फिकल कोलिफर्म भेटियो, सचेत रहन आग्रह
महोत्तरीमा डाका समूहद्वारा ७० वर्षीय वृद्धको हत्या
मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने
प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा
फेसबुकमार्फत अध्यक्षबाट हट्न भन्दैमा हट्दैन : ओली
राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने
निलम्बित प्रहरी इन्स्पेक्टर शाही ५ लाख धरौटीमा रिहा
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना