बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन १२, २०८२
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • १२ असोज, बर्दिया ।
  • बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
  • bठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

१२ असोज, बर्दिया ।

बर्दियाको ठाकुरबाबामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । bठाकुरबाबा नगरपालिका वडा न ९ हात्तीसार बस्ने ४२ वर्षीय सीता खत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । शनिबार राती ११ बजे महिलालाई हात्तीले आक्रमण गरेको थियो । खेतमा धान हेरेर फर्कने क्रममा हात्तीले महिलालाई आक्रमण गरेको थियो । हात्तीले आक्रमण गर्दा महिलाको घटनास्थलमै मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले बताए ।

शवलाई आज पोस्टमार्टम गरि आफन्तलाई बुझाउने तयारी भइरहेको उनले बताए । मृतक खत्रीको श्रीमान् चित्र बहादुर खत्री बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीसारका कर्मचारी हुन् । उनका तीन छोरी र एक छोरा रहेका छन् । विशेष गरी धान पाक्ने सिजनमा जंगली हात्ती किसानको खेतमा धान खान आउने गर्दछ । हात्ती धपाउने क्रममा किसानको मृत्यु हुने गरेको छ । यसअघि गत माघ ३० गते ठाकुरबाबा नगरपालिका वडा नं २ बलातीमा ७१ वर्षीय बोलीराम थारूको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ